काठमाडौं । नेपालकी चर्चित नायिका तथा मोडल रेश्मा घिमिरे वैवाहिक जीवनमा बाँधिएकी छिन् । नायिका घिमिरे सोमबार प्रभात बाबुसँग विवाह बन्धनमा बाँधिएकी हुन् । रेश्मा र प्रभातको विवाह विराटनगरमा भइरहेको छ ।
रेश्माले गत वर्ष प्रभातसँग इन्गेजमेन्ट गरेकी थिइन् । रेश्माका श्रीमान् प्रभात अमेरिकामा रहेर चिकित्सा विज्ञानको अध्ययन गरिरहेका छन् ।
प्रकाशित मितिः २०७८ मंसिर १३ सोमबार
Comments