काठमाडौं । पहिलो नेपाल आइडलका विजेता वुद्द लामा एकपछि अर्को गीतमा स्वर दिइरहेका छन् । उनै, वुद्दको स्वरमा समावेश ‘चन्चली’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । अविनाश राइको शब्द, संगीत रहेको यो गीतको भिडियोमा आनन सिंह र कुसुम गुरुङको अभिनय हेर्न सकिन्छ ।
अनुप चापागाँइले निर्देशन गरेको यो भिडियोमा विकास दाहालको सम्पादन, बुद्द थापाको छायांकन छ । भिडियोमा आनन कुसुमको जोडी सुहाएको छ । मिडियासँग कुरा गर्दै आनन र कुसुमले दर्शकले दिने प्रतिक्रियाले अगाडि बढ्ने बताए ।
प्रकाशित मितिः २०७८ असोज ५ मंगलबार
Comments