काठमाडौं । गीत गुलेली मट्याङ्ग्रा सार्वजनिक भएको छ । अन्जु पन्त र राम कुमार नेपालीको स्वर रहेको गीतमा मणिराज बस्नेतको शब्द रहेको छ ।
राम कुमारकै सङ्गीत रहेको गीतमा नरेन्द्र वियोगीले सङ्गीत संयोजन गरेका छन् । निकेश खड्काले निर्देशन गरेको भिडियोमा सुबोल थापाको कोरियोग्राफी रहेको छ ।
भिडियोमा पुष्प खड्का, रियासा दाहाललगायतले अभिनय गरेका छन् ।बुद्ध लामाले खिचेको भिडियो विकास धमलाले सम्पादन गरेका हुन् ।
प्रकाशित मितिः २०७८ साउन २५ सोमबार
Comments