काठमाडौं । नेपाली कथानक चलचित्र ‘एक्स नाइन’मा अभिनेता सौगात मल्लले अभिनय गर्ने भएका छन् । आइतबार मात्रै चलचित्रका लागि अनमोल केसी फाइनल भएका थिए । अनमोलसँगै सौगातले पनि यो चलचित्रमा अभिनय गर्ने पक्का भएको हो ।
चलचित्रलाई मुकुन्द भट्टले निर्देशन गर्नेछन् । चलचित्रमा सौगातले कस्तो भूमिका निर्वाह गर्नेछन् भन्ने बारेमा केही खुलाइएको छैन । यसभन्दा अगाडि निर्देश भट्ट र सौगातले चलचित्र ‘लप्पन छप्पन’मा सहकार्य गरेका थिए ।
जनवरीबाट छायांकनमा जाने चलचित्रमा क्यानडा, युरोप र नेपालका दृष्य समावेश गरिने छ । निर्देशक भट्ट र किङ योगीको पटकथा रहने चलचित्रमा राजीव तामाङ, विरेन कुँवर, सोनु खत्री र सुबोध भट्टले संयुक्त रूपमा लगानी गर्नेछन् ।
दुई अभिनेता फाइनल गरेको चलचित्र युनिटले अभिनेत्री भने टुङ्गो लगाएको छैन । अन्य कलाकारका लागि कुरा भैरहेको निर्माण टिमले जनाएको छ ।
प्रकाशित मितिः २०७८ साउन २५ सोमबार
Comments