काठमाडौं । विश्व किर्तीमानी गीतकार डा.डी.आर. उपाध्यायले आफ्ना फरक शैलीका ७ वटा गीति कविता सार्वजनिक गरेका छन् ।
गिनीज अफ वर्ल्ड रेकर्डसहित विश्वका चर्चित ५२ वटा विधामा यसअघि विश्व रेकर्ड कायम गरेका गीतकार तथा साहित्यकार उपाध्यायले मंगलबार सार्वजनिक गरेका ७ वटा गीति कवितालाई पनि विभिन्न विश्व रेकर्डमा समावेश गर्दैछन् ।
यसपटक उनले सार्वजनिक गरेको गीति कवितामा विश्वका १ सय १० वटा म्युजिक ब्यान्डको नाम समेटिएको गीति कविता, हामी शब्द ६० पटक समेटिएको गीति कविता, १७० मोवाईल फोनको नाम समावेश गरिएको गीति कविता, ५३ विभिन्न प्रजातिको कुकुरहरुको नामबाट तयार गीति कविता, संसारका प्रचलित ४१ वटा ह्याट-क्वापको नाम समेटिएको गीति कविता, शब्दको अन्त्यमा ४३ यो अक्षर समावेश गरि बनाईएको गीति कविता, विभिन्न गाडीका ६० वटा मोडलहरुको नामबाट तयार गरिएको गीति कविता सार्वजनिक गरेका हुन् ।
यी गीति कवितालाई पनि उनले केही दिनमै विश्व रेकर्डमा समावेश गर्नेछन् । गीत-संगीत तथा साहित्य सृजनाबाट थुप्रै विश्व रेकर्ड कायम गर्ने उनी पहिलो नेपाली सर्जक हुन् । उनले अर्को महिना भित्र करिव ६० वटा विश्व रेकर्ड पुर्याउँदै छन् ।
प्रकाशित मितिः २०७८ साउन २० बुधबार
Comments