काठमाडौं । फिल्म ‘लभ सर्कल’ डिजिटल प्लेटफर्ममा रिलिज हुने भएको छ । अभिनेता मुकुन भुषाल र नाजिर हुसेनको मूख्य अभिनय रहेको यस फिल्मको फस्टलुक पोष्टर पनि सार्वजनिक भएको छ ।
पोष्टरमा मुकुन भुषाल, नाजिर हुसेन, पवित्रा आचार्य, रबिन्द्र झा लगायतका कलाकार देखिएका छन् । कमेडी र सस्पेन्स थ्रिलर जनरामा निर्माण भएको यस फिल्मलाई बसन्त निरौलाले निर्देशन गरेका छन् ।
यस फिल्मलाई डिजिटल प्लेटफर्ममा रिलिज गर्न लागिएपछि दर्शक निकै उत्साहित भएका छन् । यस फिल्म अब साउन २९ गते डिस होमको च्यानल नम्बर ५५५ मा प्रदर्शनमा आउनेछ ।
प्रकाशित मितिः २०७८ साउन १८ सोमबार
Comments