जातपातका कुरा

0

बाल्यकालमा एक जना मेरै उमेरको साथी थियो । ऊ र म स्कुलबाट फर्केपछि अँध्यारैसम्म खेत, गोरेटा, भूतघर, पराले कुन्युमा खेल्न हिँड्थ्यौँ । मेरो भित्री भोटोमा एउटा ठूलै खल्ती हुन्थ्यो । त्यो खल्तीभरि मकै–भटमास राखेर खेल्न निस्कन्थेँ । मैदान, गाडी, मोटरसाइकल नभएकाले केटाकेटी खेल्न निस्कँदा आमाबालाई खास डर हुन्थेन । गाउँभरिका मान्छे एकअर्कासँग परिचित हुन्थे । को–कहाँ खेलिरहेछ भन्ने सबैलाई थाहा हुन्थ्यो । पूरै गाउँ एक ठूलो परिवारजस्तै थियो । एक दिन एक गाउँले दिदीले हामी दुई जना अँगालो मारेर मकै–भटमास खाइरहेको देखिन् । अनि मैले मीठो मानेर चपाइरहेको मकै–भटमास गाली गरी–गरी ओकल्न लगाइन् । मानौँ, विष नै खाएको हुँ । भनिन्, ‘तँसँग हिँड्ने साथी त कसाई हो, कसाई । उसले छोएको तैँले खानुहुन्न । लौ तेरो खल्तीका मकै–भटमास सबै उसलाई दे ।’ कति मजाको जिन्दगी, कति मजाको दोस्ती सबै तुषारापात भयो । यो समाजको नियमसँग हामी दुवै विस्मित भयौँ । कति दिनदेखि दुई जना मिलेर खाईखेली गरिरहेका थियौँ । ती दिदीले हाम्रो मनमा जात र छूत–अछूतको बीउ हालेर गइन् । तर हाम्रो मित्रता रहिरह्यो । मकै–भटमास भने लुकीलुकी खानुपर्‍यो ।

तिनै दिदीको घर र हाम्रो बाको घर सँगै थियो । उनले अलि ढिलो पढ्न सुरु गरेकी थिइन् । मैले अलि चाँडै कक्षा टपेको थिएँ । उमेर अन्तर भए पनि एउटै कक्षामा पढ्थ्यौँ । उनले मलाई आफ्नो घरमा लगेर केही न केही खुवाउँथिन् । उनको घरमा पहिलो तल्ला बैठक कोठा थियो भने त्योभन्दा माथि बुइँगल । बुइँगलमै थियो, भान्सा । भान्साबाट खानेकुरा तल ल्याएर मलाई दिन्थिन् । एक दिन उनलाई बोलाउँदै बुइँगलको भर्‍याङ चढ्न थालेँ । म आधा भर्‍याङ नपुग्दै उनी दगुरेर आइन् र रोक्दै भनिन् ‘तँ माथि नआइज । तैँले मेरो घरको भान्सा छुनु हुँदैन ।’ मैले सोधेँ, ‘किन ‘तँ भन्दा हामी ठूलो जातको ।’ मलाई यस्ता ठूला–साना जात थाहा थिएन । त्यो दिनदेखि ती दिदीले बोलाए पनि गइनँ ।

उबेला खेती नै मुख्य पेसा थियो । अचल सम्पत्ति भन्नु जमिन थियो भने चलसम्पत्ति भन्नु अन्न । जसको उब्जनी बढी ऊ धनी । गाउँमा घरभरिको लुगा दमाईले सिउँथे र वर्षभरिमा जबजब बाली भित्रिन्थ्यो, त्यसको निश्चित अंश दिने चलन थियो । अहिलेजस्तो सिलाएको लुगा गन्ती गरेर ज्याला दिइँदैनथ्यो । हाम्रोमा चामल र तेल पेल्ने मिल थियो, पसल थियो । नुनतेल हुने भएकाले दमाई दाइले त्यसको पनि आश गर्थे । मैले जानी–नजानी १८ वर्षको उमेरमा गाउँ पञ्चायतको चुनावमा एक पक्षमा लागेको थिएँ । चुनावमा लाग्नेको घरमा भेट्न मानिस आउने नै भए । ती दाइ पनि भेट्न आए । मेरै पक्षको प्रधानपञ्चको उम्मेदवारलाई भोट हाल्न भनेँ । कुराकानी गर्न मैले उनलाई बैठकमा लैजान खोजेँ । उनी जान अनकनाइरहे । जबर्जस्ती लगेँ । कुराकानी सकियो । उनी गए । गइसकेपछि मेरा हजुरबाले भन्नुभयो,‘दमाईलाई पनि बैठक कोठामा लाने अरूले देखे के भन्लान् ’‘दमाईले छोएको, सिएको, उसको थुक लागेको लुगा हाम्रो जिउभरि छ । त्यस्तो मान्छेलाई घरको बैठकमा लगेर उनले छुँदा बिटुलिने के होला र हजुरबा मैले अलि–अलि तर्क गरेँ । हजुरबासँग खासै तर्क थिएन । उहाँ त्यति बोल्न नजान्ने । ‘पहिलेदेखिको चलन’ भन्नुभयो । मलाई के लाग्यो भने विरोध त उनको पनि होइन, तर डर थियो, अरूले देख्लान् भन्ने ।

मेरा पुराना दुई बाहुन मित्र थिए र छन् । एक, हरिगोविन्द लुइँटेल र अर्का, राजेन्द्र अधिकारी । एक दिन हरिगोविन्दजीको घरमा बिहानको खाना खाने निम्तो आयो । हरिगोविन्दजीका पिताजी काठमाडौँ पश्चिम भेग अर्थात् वाणभन्ज्याङदेखि कालीमाटीसम्म नाम चलेका, कर्मकाण्ड र रीतिथितिको व्याख्या गर्न सक्ने पण्डित हुनुहुन्थ्यो । उबेला बाहुन थरका मान्छे भेट्यो कि उनीहरूको हातका औँलाले निधारमा ढोग्ने–ढोगाउने चलन थियो । नैकापतिर त अरू जातका बूढाहरूले ९नेवारहरूले पनि० मभन्दा कम उमेरका बाहुनलाई अर्थात् मेरा बाहुन साथीको फुच्चे भाइलाई समेत ‘भाग्या ति बाज्या’ भन्थे । ती भाइले आफ्नो हातको चारऔँला फर्काएर ढोगाउँथे । सोचेँ, हरिगोविन्दजीको घरमा मलाई छुट्टै राखेर खुवाउँछन् या भान्सामा बसेर खान अप्ठेरो हुनाले उहाँ पनि बाहिर बसेर खान आउनुहुन्छ । तर त्यस्तो भएन । उहाँको पूरै परिवार भान्सामा मसँगै बसेर खान तयार । प्रेमपूर्वक आमा र भाउजूले खाना पस्किए । दूधसहितको मीठो शाकाहारी खाना खाइयो । त्यो पण्डित परिवारमा भने छूवाछूत देखिएन । त्यही प्रेमपूर्ण व्यवहार राजेन्द्र अधिकारीको घरमा पनि थियो । उहाँको भान्सामा आमाले खुवाउनुभएको अहिले पनि याद छ । मलाई बाल्यकालमै जातपात दिमागमा छिराएपछि बाहुनहरूले सँगै खाना खाइदिएको पनि ठूलै गुन लगाएको सम्झिनुपर्ने स्थिति थियो ।

नैकाप बानियाँ गाउँको सेढाईं परिवारसँग सल्यानथानको खनाल र दाहाल परिवारसँग बुबाको अन्तरंग सम्बन्ध थियो । बुबालाई भेटेर नेपालभाषामै घरका सुख दुःखका कुरा गर्ने, घरको अन्न बेच्न, अन्न बेचेर आएको पैसाले दालतेल किन्न, गाईको दानामा मिसाउन पिना लिएर जान, तमाखु खान बाकहाँ नै भेला हुन्थ्यो । त्यहाँ तमाखुको हुक्का जातअनुसार छुट्याइएको हुन्थ्यो ।

जातका कारण हुने सेन्सरसिप र सेल्फसेन्सरसिपका धेरै घटना छन् । जानी–नजानी, त्यो अहिले पनि चलेको छ । यस विषयमा अझै नियमित छलफलको खाँचो छ ।

प्रकाशित मिति : वैशाख ३१, २०७६

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション