काठमाडौं । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी पहिलो टी–२० क्रिकेटमा सोमबार नेपालले आयरल्यान्ड ‘ए’ को तेस्रो विकेट लिएको छ । आयरल्यान्ड ‘ए’ को तेस्रो विकेट गुलसन झाले लिएका हुन् ।
गुलसनले आयरल्यान्ड ‘ए’ का चौथो नम्बरका ब्याट्सम्यान मोर्गन टपिङलाई खाता खोल्नुअघि नै बोल्ड गरेका हुन् । ६.२ ओभरमा मोर्गन आउट हुँदा आयरल्यान्ड ‘ए’ ले ३८ रन बनाएको छ । आयरल्यान्ड ‘ए’ ले टस जितेर पहिले ब्याटिङको निर्णय लिएको हो ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी पहिलो टी–२० क्रिकेटमा सोमबार नेपालले आयरल्यान्ड ‘ए’ को चौथो विकेट लिएको छ । आयरल्यान्ड ‘ए’ को चौथो विकेट पनि गुलसन झाले नै लिए ।
गुलसनले आयरल्यान्ड ‘ए’ का कप्तान निल रकलाई पाँच रनको ब्यक्तिग स्कोरमा कुशल मल्लद्वारा क्याच गराए । गुलसनले लिएको यो दोस्रो विकेट हो । ८.१ ओभरमा रक आउट हुँदा आयरल्यान्ड ‘ए’ ले ५१ रन बनाएको छ । आयरल्यान्ड ‘ए’ ले टस जिती पहिले ब्याटिङको निणर्य लिएको हो ।
प्रकाशित मितिः २०८० चैत्र १२ सोमबार
Comments