काठमाडौं । दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ क्रिकेट विश्वकपअन्तर्गत नेपाल ११ औँ स्थानमा सीमित भएको छ । विश्वकपको ‘सुपर सिक्स’ अन्तर्गतको दुवै खेलमा पराजय भोगेपछि नेपाल ११ औँ स्थानमा सीमित भएको हो ।
सुपर सिक्सअन्तर्गत नेपालले बंगलादेशसँग ५ विकेट तथा भारतसँग १ सय ३२ रनको पराजय भोगेको थियो । त्यसअघि समूह चरणमा भने न्यूजिल्यान्डसँग ६४ रन तथा पाकिस्तानसँग ५ विकेटको पराजय भोगेपनि अफगानिस्तानलाई १ विकेटले पराजित गर्दै सुपर सिक्समा पुगेको थियो ।
विश्वकपको वरीयताअनुसार टेस्ट राष्ट्र जिम्बाब्वे र अफगानिस्तानलाई पछि पार्दै ११ औँ स्थानमा रहेको हो । जिम्बाब्वे १२ औँ तथा अफगानिस्तान १३ औँ स्थानमा सीमित भए ।
प्रकाशित मितिः २०८० माघ २१ आइतबार
Comments