काठमाडौं । काठमाडौंमा जारी आइसीसी टी–२० विश्वकपमा नेपाल समुहको उपविजेता बन्दै सेमिफाइनलमा स्थान बनाएको छ । समुह ए मा नेपालले आफ्नो अन्तिम खेलमा ओमानसँग ५ रनले पराजित हुँदै उपविजेता बन्दै सेमिफाइनलमा स्थान बनाएको हो । उक्त खेल निक्कै राेमान्चक रहेको थियाे ।
त्रिवि क्रिकेट मैदानमा भएको खेलमा ओमानले दिएको १४५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा १४० रन बनाउन सक्यो । नेपालले कुनै समयमा गुमाइसकेको खेललाई अन्तिम ओभरमा विवेक यादवले लगातार तीन छक्का प्रहार गर्दै नेपाललाई खेलमा फर्काएका थिए । अन्तिम बलमा पाँच रन आवश्यक रहेको अवस्थामा नेपालका करण केसीले छक्का प्रहार गर्ने प्रयासमा अन्तिम विकेट गुमाएका हुन् ।
नेपालका लागि विवेक यादवले सर्वाधिक ३९ रनको योगदान गरे । उनले २४ बलमा पाँच छक्का प्रहार गर्दै ३९ रनको योगदान गरे । त्यस्तै कुशल भुर्तेलले २६ र करण केसीले १५ रनको योगदान गरे । नेपालका तीन खेलाडीले १२–१२ रन जोडे । नेपालका कप्तान रोहित पौडेल, सन्दिप जोरा र सोमपाल कामीले १२–१२ रन जोडे । त्यस्तै कुशल मल्लले १० रनको योगदान गरे । गुल्शन झा ३, आशिफ शेख ५ र सन्दिप लामिछाने २ रनमा आउट भए । अभिनाश बोहरा एक रनमा अविजित रहे ।
ओमानका लागि बिलाल खानले तीन, शकिल अहम्मद, मेहरान खान, अकिव इलियासले दुई दुई तथा कप्तान जिशन मक्शुदले एक विकेट लिए । यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४५ रन बनाएको हो ।
ओमानका लागि कप्तान जिशन मक्सुदले सर्वाधिक ३२ रन बनाए । उनले २६ बलमा एक चौका र तीन छक्का प्रहार गरेका थिए । त्यस्तै मुहम्मद नसिमले २५, प्रतिक अथाभालेले २४ र आयान खानले १८ रनको योगदान गरे । शकिल अहम्मद २२ रनमा अविजित रहे ।
नेपालका लागि करण केसीले सर्वाधिक तीन विकेट लिए ।उनले चार ओभर बलिङ गर्दा ४३ रन खर्चेर तीन विकेट लिएका हुन् । त्यस्तै सोमपाल कामी र सन्दीप लामिछानेले समान दुई दुई विकेट लिँदा गुल्शन झा र अभिनाश बोहराले समान एक एक विकेट लिए । ओमान र नेपालले दुई दुई खेल्दै सेमिफाइनलमा स्थान बनाइसकेका छन् । आजको खेलले समुहको विजेताको निर्णय गर्ने छ ।
प्रकाशित मितिः २०८० कार्तिक १६ बिहिबार
Comments