काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा न्युजिल्यान्डले भारतमाथि सानदार जित हात पारेको छ । सुपर १२ को समूह बी मा रहेको न्युजिल्यान्डले भारतमाथि ८ विकेटको सानदार जित हात पारेको हो ।
जितको लागि १ सय ११ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले १४ ओभर ३ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्यो । न्युजिल्याण्डको जितमा डार्य्ल मिचेलले ४९, कप्तान केन विलियम्सनले अविजित ३३ र मार्टिन गुप्टिल २० रन बनाए । भारतका जस्प्रित बुम्राहले २ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुमाएर १ सय १० रन बनाएको थियो । भारतका लागि रविन्द्र जडेजाले अबिजित २६, हार्दिक पाड्याले २३, केएल राहुलले १८, रोहित शर्माले १४, ऋषव पन्तले १२ र कप्तान विराट कोहलीले ९ रन बनाए ।
न्युजिल्यान्डका ट्रेन्ट बोल्टले ३, इस सोधीले २ तथा टिम साउथी र आदम मिल्नेले १/१ विकेट लिए । जितसँगै न्युजिल्याण्ड २ खेलबाट २ अंक जोडेर समूहको तेस्रो स्थानमा रहेको छ । भारतको यो लगातार दोस्रो हार हो । अंक विहीन रहँदै भारत समूहको पाँचौं स्थानमा रहेको छ । एजेन्सी
प्रकाशित मितिः २०७८ कार्तिक १५ सोमबार
Comments