काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । शुक्रबारको तुलनामा आइतबार सुन २ हजार ३ सय र चाँदी ६० रुपैयाँले घटेको हो ।
शुक्रबार ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज आइतबार २ हजार ३ सय रुपैयाँले घटेर ९३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी पनि आज ६० रुपैयाँले घटेर प्रतितोला १ हजार २७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०७७ पुस २६ आइतबार
Comments