काठमाडौं २१ पुस । भारतले पाँच सय र हजार दरका नोटको प्रचलनमा प्रतिबन्ध लगाएसँगै उत्पन्न नोट अभावका कारण नेपाली बजारमा एक सय भारुको सटही दर एक सय ७५ रुपैयाँ सम्म पुगेको छ ।
भारतले गत कात्तिक २३ मा पाँच सय र हजार दरका नोटमा प्रतिबन्ध लगाएको थियो । त्यसपछि भारतजस्तै नेपालमा पनि सबैखाले भारु नोटको अभाव देखिएको छ ।
व्यवसायीका अनुसार भारु अभावको यही मौका छोपी कालाबजारियाले एक सय भारु साट्न एक सय ७५ नेपाली रुपैयाँसम्मको सट्टा दर पुर्याएका छन् । राष्ट्र बैंकले एक सय भारुको सटही दर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । आजको नागरिक दैनिकमा समाचार छ ।
Comments