काठमाडौं । आज पनि सुनचाँदीको मूल्य बढेर नयाँ कीर्तिमान कायम गरेको छ । बुधबारको तुलनामा बिहीबार सुन तोलामा ७ सय र चाँदी ५० रुपैयाँले बढेको हो ।
बुधबार १ लाख १ हजार ६ सयमा कारोबार भएको छापावाला सुन बिहीबार ७ सयले बढेर १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख २ हजारमा कारोबार भइरहेको छ । चाँदी आज ५० रुपैयाँले बढेर प्रतितोला १ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०७७ साउन २२ बिहिबार
Comments