काठमाडौं । नेपाली बजारमा पछिल्लो समय सुनको मुल्यको ऐतिहासिक रेर्कड कायम गरीरहेको छ । सोही क्रममा आज बिहीबार पनि सुनको मुल्य तोलामा ५ सय रुपैयाँले बढेर नयाँ उचाईमा पुगेको छ ।
बिहिबार सुनको मुल्य प्रतितोला रु ९९ हजार रुपैया कायम गरिएको छ, जुन हालसम्मकै उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघको भनाइ छ । हिजो सुनको मुल्य ९८ हजार ५०० रुपैयाँ रहेको थियो । बुधबारसम्ममा सोही मुल्यनै सर्वाधिक थियो ।
यस्तै, आजका लागि तेजावी सुनको मुल्य ९८ हजार ५६० रुपैयाँ तोकिएको छ । महासंघकाअनुसार आज चाँदीको मुल्य भने स्थिर रहि प्रतितोला १२२५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मितिः २०७७ साउन १५ बिहिबार
Comments