काठमाडौं । आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । आज सुन प्रतितोला १ हजार रुपैयाँले बढेको हो । मंगलबार ७५ हजार ५ सयमा कारोबार भएको छापावाला सुन बुधबार १ हजारले बढेर ७६ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ७६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी भने आज स्थिर रहँदै प्रतितोला ७ सय १० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०७६ चैत्र ०५ बुधबार
Comments