काठमाडौं। आज पनि सुनको मूल्य घटेको छ । चाँदीको मूल्य चाहिं स्थिर रहेको छ । बिहीबारको तुलनामा बजारमा शुक्रबार सुन ३ सय रुपैयाँले घटेको हो ।
बिहीबार ७२ हजारमा कारोबार भएको छापावाला सुन शुक्रबार ३ सयले घटेर ७१ हजार ७ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ७१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी आज स्थिर रहँदै प्रतितोला ८ सय ५० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०७६ मंसिर २० शुक्रबार
Comments