काठमाडौं। आज सुनचाँदीको मूल्य बढेको छ । मंगलबारको तुलनामा बजारमा बुधबार सुन ८ सय र चाँदी १५ रुपैयाँले बढेको हो ।
मंगलबार ७१ हजार ४ सयमा कारोबार भएको छापावाला सुन बुधबार ८ सयले बढेर ७२ हजार २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ७१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी पनि आज १५ रुपैयाँले बढेर प्रतितोला ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः२०७६ मंसिर १८ बुधबार
Comments