काठमाडौं । आज सुनचाँदीको मूल्य बढेको छ । शुक्रबारको तुलनामा आइतबार बजारमा सुन ३ सय र चाँदी ५ रुपैयाँले बढेको हो । शुक्रबार प्रतितोला ७१ हजारमा कारोबार भएको छापावाला सुन आज ३ सयले बढेर प्रतितोला ७१ हजार ३ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी पनि आज ५ रुपैयाँले बढेर प्रतितोला ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०७६ असोज ५ आइतबार
Comments