भक्तपुर । साकुरा बहुउद्देश्यीय सहकारी संस्था लि. सूर्यबिनायकले आज चांैथो साधारणसभा सम्पन्न गरेको छ । साधारणसभाको उद्घाटन गदैं सूर्यबिनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले हरेक सहकारीले सहकारीको सिदान्तलाई आत्मसाथ गरि अग्रसर बने सहकारीले समाजमा सकारात्मा छाप बनाउने बताए ।
थापाले सूर्यबिनायक नगरपालिकामा रहेका सहकारीले गरेका हरेक गतिबिधिहरुको सुक्ष्म अवलोकन र अध्ययन गरिरहेको बताउँदै सबै सहकारीले आफ्नो धर्मलाई निर्वाह गर्नु पर्नेमा जोड दिए ।
उनले नगरबासीको परिश्रम गरी जोगाएको पैसा सहकारीमा बचत रहने भएकाले सो बचतको सुरक्षाका लागि नगरपालिकाले नियमित अनुगमन समेत गरिरहेको जानकारी दिए ।
सुनपा वडा नं. ८ का वडाध्यक्ष किरण थापाले नगरपालिकाभित्र १२६ वटा सहकारी संस्था रहेको जानकारी दिँदै सहकारीले आफ्ना बचतकर्ताहरुको आर्थिक रुपान्तरणमा भूमिका खेल्न सक्नु पर्नेमा जोड दिए ।
सूर्यबिनायक नगरपालिकाका सहकारी विज्ञ उद्धव प्रसाद चौलागाईं, ग्यासिर कलेजका प्रिन्सिपल दिवस शाक्य, रफत सञ्चार क्लवका अध्यक्ष सुशिलबन्धु थापालगायतले साकुराले छोटो अवधिमै सहकारीको मर्म अंगालेर बचतकर्ताहरुको मन जित्न सकेको बताए ।
संस्थाका अध्यक्ष राजेन्द्र मिश्र, सचिव नानीबाबु थापा र कोषाध्यक्ष महालक्ष्मी खड्काले आ–आफ्नो वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको सभापतित्व गरेको मिश्रले साकुराले अव छिट्टै बिभिन्न बिधाका आर्थि गतिबिधि बढाउने यौजनमा साकुरा लागि परेको जानकारी दिए । उनले भने हाम्रा बचत कर्ताको बचत रकमको सहि उपयोग र अधिक लाभ कसरी प्रदान गर्न सकिन्छ भन्ने बृहद यौजनाको तयारीमा साकुरा लागिरहेको बताए ।
प्रकाशित मितिः २०७६ असोज ४ शनिवार
Comments