काठमाडौं । आज सुनचाँदीको मूल्य घटेको छ । बुधबारको तुलनामा बिहीबार बजारमा सुन २ सय र चाँदी ५ रुपैयाँले घटेको हो । बुधबार प्रतितोला ७१ हजारमा कारोबार भएको छापावाला सुन आज २ सयले घटेर प्रतितोला ७० हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ७० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी भने ५ रुपैयाँले घटेर प्रतितोला ८ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०७६ भदौ २६ बिहिबार
Comments