काठमाडौं । आज पनि सुनचाँदीको मूल्य स्थिर रहेको छ । सोमबार कै मूल्यमा आज सुनचाँदी कारोबार भएको हो । छापावाला सुन स्थिर रहँदै प्रतितोला ६२ हजार ३ सय रुपैयाँमै कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन पनि स्थिर रहँदै प्रतितोला ६२ हजार रुपैयाँमै कारोबार भईरहेको छ । यसैगरी, चाँदी पनि आज स्थिर रहँदै प्रतितोला ७ सय १५ रुपैयाँमै कारोबार भईरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०७६ जेठ २९ बुधबार
Comments