काठमाडौं । कृषि तथा पशुपंक्षी मन्त्रालयले बीउविजनको गुणस्तरकायम गर्न ऐन संशोधनको तयारी गरेको समाचार आजको गोरखापत्रले अर्थबजारको ख पृष्ठमा छापेको छ ।
समाचारमा लेखिएको छ, पछिल्लो समय जथाभावी बीउविजन बिक्री वितरण हुने गरेको र खरिद गरेको बीउमा पनि धेरै समस्या देखिएकाले ऐन संशोधन नै गरेर त्यसमा कडाइ गर्ने तयारी मन्त्रालयले गरेको जनाएको छ ।
सरकारी तथा गैरसरकारी निकायबाट उपलब्ध गराइएको बीउविजन पनि गुणस्तरहीन हुन थालेपछि र किसानले त्यसबापतको क्षतिपूर्ति पनि पाउन नसकेको गुनासो बढेपछि मन्त्रालयले ऐन संशोधन गर्न लागेको हो ।
प्रकाशित मितिः २०७६ जेठ २९ बुधबार
Comments