काठमाडौं । आज सुनको मूल्य बढेको छ भने चाँदी स्थिर रहेको छ । बजारमा हिजोको तुलनामा आज सुन २ सयले बढेको हो ।
आज छापावाला सुन प्रतितोला ६१ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ६१ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । चाँदी भने स्थिर रहँदै प्रतितोला ७ सय १० रुपैयाँमै कारोबार भईरहेको महासंघले जनाएको छ ।
Comments