काठमाडौं । बागबजारमा केन्द्रीय कायालय रहेको अस्ट्रेलियन एजुकेसन कन्सल्टिङ् प्रा. लि. र अष्ट्रेलियाको मेल्बोर्नमा रहेको ए ई सि माईग्रेसन एण्ड एजुकेसनले आफ्नो ९ औं शाखा भक्तपुरको सुर्यबिनायकमा सुरु गरेको छ ।
पुर्व मन्त्री एवं सांसद महेश बस्नेतले उद्घाटन गरी कन्सल्टिङ्ले ९ औं शाखा सुर्यबिनायकमा सुरु गरेको हो ।
कन्सल्टिङको यस अघि ईटहरी, दमक, बिराटचोक, ईलाम, पोखरा, बिर्तामोड, बुटवल, चितवनमा शाखा रहेको थियो ।
भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक लगायतका बिदेश पढ्न जान चाहने बिधार्थीलाई लक्षित गरि खोलिएको कन्सल्ट्ङले अब काठमाडौंसम्म धाउन नपर्ने र सम्पुर्ण काम यहीबाट गर्न सकिने सुर्यबिनायक शाखाकी प्रमुख गीता पण्डित (बस्नेत) ले जानकारी गराइन् ।
कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरकी उप प्रमुख सरिता कुंवर, सुर्यबिनायक नगरपालिका वडा नं. ७ का वडाध्यक्ष रविन्द्र सपकोटा, महानगरीय प्रहरी परिसरका प्रहरी नायव उपरीक्षक रेवति रमण पोखरेल, अस्ट्रेलियन एजुकेसन कन्सल्टिङ प्रा.लि.का संस्थापक होम दवाडी, समाजसेवीहरु अर्जुन खतिवडा, हिरामायां शेर्पा, उत्तरा नेपाल लगायतको उपस्थिति रहेको थियो ।
Comments