काठमाडौं । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत सन् २०१९ को कोरियाली भाषा परीक्षाका लागि ३२ वटा केन्द्र तोकिएको छ ।
वैदेशिक रोजगार विभागअन्तर्गत रहेको इपिएस शाखाले सन् २०१९ मा कोरिया जानका लागि लिइने परीक्षाको परीक्षा केन्द्र तोकेको हो ।
परीक्षा जेठ २५ र २६ गते हुनेछ ।
परीक्षाका लागि काठमाडोंमा २१, ललितपुरमा सात र पोखरामा चार वटा परीक्षा केन्द्र तोकिएको इपिएस कोरिया शाखाले जनाएको छ ।
प्रकाशित मितिः २०७६ जेठ १९ आइतबार
Comments