काठमाडौँ । आज सुनचाँदीको मुल्य बढेको छ । बजारमा शुक्रबारको तुलनामा आइतबार सुन ५ सय र चाँदी ५ रुपैयाँले बढेको हो ।
आज छापावाला सुन प्रतितोला ६१ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ६१ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । चाँदी प्रतितोला ७ सय १० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०७६ जेठ १९ आइतबार
Comments