काठमाडौँ । आज सुनको मुल्य घटेको छ, भने चाँदीको मूल्य स्थिर रहेको छ । हिजोको तुलनामा सुन आज १ सयले घटेको छ।
आज छापावाला सुन प्रतितोला ५९ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ५९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । चाँदी भने स्थिर रहँदै प्रतितोला ७ सय १० रुपैयाँमै कारोबार भईरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०७६ जेठ १३ सोमबार
Comments