काठमाडौं । आज सुनचाँदीको मूल्य बढेको छ । बिहीबारको तुलनामा शुक्रबार सुन ५ सय र चाँदी १० रुपैयाँले बढेको हो । छापावाला सुन प्रतितोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ५९ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसैगरी, चाँदी प्रतितोला ७ सय १० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति ः २०७६ जेठ १० शुक्रबार
Comments