काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेर १ लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
तेजाबी सुनको मूल्य तोलाको १ लाख ३४ हजार ९ सय ५० रुपैयाँ कायम भएको छ । यस्तै, बिहीबार चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०८१ बैशाख २७ बिहिबार
Comments