काठमाडौं । साताको कारेबारको दोस्रो दिन नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । अघिल्लो दिनको तुलनामा सोमबार शेयर बजार
१५.४१ अंक घटेको हो ।
०.७७ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १९६९.०२ अंकमा ओर्लिएको छ । आज म्यूचुअल फण्डबाहेक अरु राताम्मे भएका छन् । म्यूचुअल फण्ड ०.०५ प्रतिशतले बढ्दा सबैभन्दा बढी वित्त समूह २.१० प्रतिशतले घटेको हो ।
३२० कम्पनीका ५६ लाख ५६ हजार २ सय ८२ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ५ करोड ८३ लाख ५ हजार १ सय ८५.१९ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
समग्रमा बजार घटे पनि पिपिल्स पावरका लगानीकर्ताले सबैभन्दा बढी ६.९१ प्रतिशतले नाफा कमाएका छन् । त्यस्तै दोल्ती पावरका लगानीकर्ताहरुले सबैभन्दा बढी ७.३७ प्रतिशतले घाटा व्यहोरेका छन् ।
गोर्खाज फाइनान्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ११ करोड ५४ लाख ७९ हजार ३ सय ४७.२० बराबरको कारोबार भएको छ ।
साताको पहिलो दिन हिजो आइतबार १२.२९ अंकले बजार बढ्दा २ अर्ब २५ करोड ९९ लाख ५९ हजार ४ सय ५६.८९ बराबरको कारोबार भएको थियो । भोलि मंगलबार सरकारले कतारका राजाको भ्रमणका अवसरमा सार्वजनिक बिदा दिए पछि शेयर बजार बन्द रहने छ ।
प्रकाशित मितिः २०८१ बैशाख १० सोमबार
Comments