काठमाडौं । नेपाली बजारमा सुनको स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन स्थिर रहँदै शुक्रबारकै मूल्य १ लाख ३९ हजार ३०० मा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको तोलाको १ लाख ३८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी आज चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा २० रूपैयाँले बढेर प्रतितोला १७ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि शुक्रबार चाँदी तोलाको १७ सय २० मा कारोबार भएको थियो ।
प्रकाशित मितिः २०८१ बैशाख ०९ आइतबार
Comments