काठमाडौं । दसैँ–तिहार तथा छठ चाडपर्व विशेष भाटभटेनी सुपरमार्केटमा आकर्षण छुट तथा उपहार योजना सुरु भएको छ । कम्पनीले आफ्नो जुनकुनै मार्केटबाट खाद्यान्नसहित लत्ताकपडा तथा गार्मेट सामग्री, विद्युतीय सामग्रीहरुको खरिदमा १० प्रतिशतदेखि २२ प्रतिशतसम्म नगद छुटको घोषणा गरेको हो ।
कम्पनीले आफ्नो रेडिमेट (तयारी) गार्मेट तथा फुटवेयर वस्तुको खरिदमा नगद १० प्रतिशत छुट दिने जनाएको छ । यस्तै, अन्य विद्युतीय सामग्री (इलेक्ट्रिक प्रोडक्ट) हरुमा अधिकतम् २२ प्रतिशतसम्म नगद छुट दिने समेत कम्पनीले जनाएको छ । साथमा जुनकुनै सामग्री खरिद गर्ने ग्राहकले अनलाइन पेमेन्ट (भुक्तानी) आकर्षक उपहार योजनामा कम्पनीले हरेक २५०० माथिको किनमेलमा ग्राहकलाई उपहार भौचर प्रदान गर्ने र लक्की ड्रमार्फत एक जनालाई टाटा मोटर्सको गाडी प्रदान गर्ने जनाएको छ ।
यस्तै, सुपरमार्केटमा उपलब्ध सेन्चुरीका उत्पादनको खरिदमा सुजुकी अल्टो कार जित्न सकिने समेत कम्पनीले जनाएको छ ।
यस्तै, युनिलिभरका उत्पादनहरुमा २ हजारमाथिको खरिदमा स्कुटर, वासिङ्ग मेसिन, एलईडी टीभीको साथमा आईफोन १३–प्रो।म्याक्स जित्न सकिने कम्पनीले जनाएको छ । यस्तै, सिताराम प्रोडक्टको खरिदमा समेत वासिङ्ग मेसिन, रेफ्रिजिरेटर ९फ्रिज०, टीभी लगायतका यस्ता थुप्रै घरायसी सामग्रीहरु जित्न सकिने कम्पनीले जनाएको छ ।
प्रकाशित मितिः २०८० असोज २८ आइतबार
Comments