काठमाडौं । नेपाली बजारमा साताको पहिलो दिन आइतबार छापावाल सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेर १ लाख ८ हजार रुपैयाँ कायम भएको छ भने तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँमा रहेको छ । एक सातामा मात्रै सुनको मूल्य ४ हजार २ सय रुपैयाँले घटेको छ ।
प्रकाशित मितिः २०८० असोज १४ आइतबार
Comments