काठमाडौं । आज मंगलबार सुनचाँदीको मूल्य घटेको छ । सोमबारको तुलनामा मंगलबार सुन ४ सय र चाँदी ३० रुपैयाँले घटेको हो । सोमबार प्रतितोला एक लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज मंगलबार ४ सयले घटेर १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला एक लाख ११ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी पनि आज ३० रुपैयाँले घटेर प्रतितोला १ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०८० असोज ०९ मंगलबार
Comments