काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ अर्ब २३ करोड रुपैयाँ बढीको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ। केन्द्रीय बैंकले भदौ ५ गते जारी हुने ९१ दिने र ३६४ दिने ट्रेजरी बिलको नवीकरण गर्न लागेको हो। राष्ट्र बैंकले ९१ दिनका लागि ४ अर्ब २३ करोड ३२ लाख रुपैयाँ र ३६४ दिनका लागि २ अर्ब रुपैयाँको ट्रेजरी बिलको नवीकरण गर्नेछ। यी ट्रेजरी बिल क्रमशः मंसिर ५ गते र २०८१ भदौ ४ गते परिपक्व हुनेछन्।
यी ट्रेजरी बिलको भोलि साेमबार दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्। ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।
प्रकाशित मितिः २०८० भदौ ०३ आइतबार
Comments