काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको हो । यस दिन छापावाल सुन तोलाको एक लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार उक्त सुन तोलाको एक लाख १२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन तोलाको एक लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलाको एक हजार ३९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०८० साउन २४ बुधबार
Comments