काठमाडौं । नेपाली सुनचाँदी बजारमा साताको कारोबारको पहिलो दिन सुनको मूल्य बढेको छ । आज छापावाल सुन प्रतितोला तीन सय रुपैयाँ बढेर एक लाख १२ हजार पाँच सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आईतबार तेजाबी सुन प्रतितोला एक लाख ११ हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन तेजाबी सुन प्रतितोला एक लाख ११ हजार छ सय ५० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, आइतबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी शुक्रबार कै मूल्य प्रतितोला १४ सय २५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०८० साउन २१ आइतबार
Comments