काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक वर्ष २०७९/०८० मा राष्ट्रिय कुल गार्हस्थ्य उत्पादन (प्रचलित मूल्यमा) ५३ खर्ब ८१ अर्ब पुग्ने अनुमान गरेको छ। कार्यालयले प्रकाशित गरेको तथ्याङ्क अनुसार राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः २४.६ प्रतिशत, १२.९ प्रतिशत र ६२.४ प्रतिशत रहने अनुमान छ।
यस्तै राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रारम्भिक तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/८० मा मधेश प्रदेशको आर्थिक वृद्धिदर १.६९ प्रतिशत रहने अनुमान छ। मधेस प्रदेशको कुल गार्हस्थ्य उत्पादन (प्रचलित मूल्यमा) ७ खर्ब ७ अर्ब पुग्ने अनुमान छ। चालु आर्थिक वर्षमा मधेस प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः ३५.२ प्रतिशत, ११.३ प्रतिशत र ५३.५ प्रतिशत रहने अनुमान रहेको छ।
प्रकाशित मितिः २०८० असार १९ मंगलबार
Comments