काठमाडौं । सेयर बजार बिहीबार बन्द रहने भएको छ। सरकारले बकर ईदमा सार्वजनिक बिदा दिएकोले सेयर बजार पनि बन्द रहने भएको हो। अब भोलि बुधबार सेयर बजारको यो साताको अन्तिम कारोबार हुनेछ।
गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माद्वारा आज विज्ञप्तिमा निकालेर असार १४ गते बिहीबारका दिन सार्वजनिक बिदा दिने उल्लेख छ। बकर ईदका अवसरमा सरकारले देशैभर सार्वजनिक बिदा दिएको हो।
प्रकाशित मितिः २०८० असार १२ मंगलबार
Comments