काठमाडौं । पछिल्ला कारोबार दिनमा धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक लगातार उकालो लागेको छ । गएको बिहीबारदेखि लगातार उकालो लागेको परिसूचक साताको तेस्रो कारोबार दिन मंगलबार ५६.९४ अंक बढेर बन्द भएको छ ।
सोमबार (हिजो) नेप्से साढे ११ अंकले वृद्धि भएर बन्द भएको थियो । साताको पहिलो कारोबार दिन आइतबार ६२.२१ अंकले बढेर बन्द भएको थियो ।
मंगलबार नेप्से परिसूचक २.६७ प्रतिशतले वृद्धि भएर २१८६.३६ विन्दुमा बन्द भएको छ । कारोबार रकम पनि वृद्धि भएको छ । यस दिन पाँच अर्ब ४७ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।
आज म्युचुअल फन्ड, ऋणपत्रलगायत २७७ धितोपत्रको एक करोड ३१ लाख सात हजार ८० कित्ता खरिद–बिक्री भएको छ । कारोबारमा आएका १३ मध्ये तीन समूहको परिसूचक घटेको छ । बाँकी समूहको परिसूचक वृद्धि भएको छ । निर्जीवन बिमा, उत्पादन तथा प्रशोधन र व्यापार समूहको परिसूचक घटेको हो ।
लघुवित्त समूहको परिसूचक सर्वाधिक वृद्धि भएको छ । यो समूहको परिसूचक ८.९६ प्रतिशतले वृद्धि भएको छ ।
प्रकाशित मितिः २०८० असार १२ मंगलबार
Comments