काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य वृद्धि भएको छ । दिनभर जसो थपघट भइरहेको बजार अन्तिममा ५ अंकले बढेर २०४२.०७ विन्दुमा रोकियो । बिहीबार सेयर बजारमा ०.२५ प्रतिशतको वृद्धि हुँदा कारोबार रकम भने मंगलबार र बुधबारको तुलनामा घटेको छ । बिहीबार २७० धितोपत्रको ५२ हजार ८१४ वटा कारोबारबाट ७८ लाख ९६ हजार ४७८ कित्ता सेयर किनबेच भएको छ । कारोबार रकम ३ अर्ब १६ करोड २८ लाख १० हजार ८४३ रुपैयाँको भएको छ ।
बजार बढे पनि कारोबार रकममा भने निकै कमी आएको छ । हिजो बुधवार पाँच अर्ब रुपैयाँभन्दा धेरैको कारोबार भएकोमा आज दुई सय ७० वटा कम्पनीका ७८ लाख ९६ हजार कित्ता शेयर तीन अर्ब ६२ करोड ८१ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको १७ करोड ९३ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज सबैभन्दा धेरै सिटी होटलको शेयर १० प्रतिशत र अभियान लघुवित्तको शेयर नौ प्रतिशतले बढेको छ । आज सबैभन्दा धेरै बुङ्गोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर झन्डै छ प्रतिशत र मल्टिपर्पोज फाइनान्स, मिर्मिरे लघुवित्त र साधना लघुवित्तकोे शेयर झन्डै चार प्रतिशतले ओरालो लागेको छ ।
प्रकाशित मितिः २०८० जेठ ३२ बिहिबार
Comments