काठमाडौं । राष्ट्र बैंकले धौलागिरी लघुवित्त र खप्तड लघुवित्तलाई मर्जर प्रक्रियाको लागि अन्तिम स्वीकृति प्रदान गरेको छ । बैंकले यहि जेठ २४ गते एक पत्र पठाउँदैं दुबै लघुवित्तलाई अन्तिम स्वीकृति प्रदान गरेको हो ।
दुबै लघुवित्तहरुले यस अघि बैशाख २६ गतेको वार्षिक साधारण सभाबाट मर्जरको प्रस्ताव पारित गरेको थियो । धौलागिरी लघुवित्तको रजिष्ट्रर्ड कार्यालय बागलुुङ नगरपालिका वडा नम्बर २ मा रहेको छ र खप्तड लघुवित्तको रजिष्टर्ड कार्यालय गोदावरी नगरपालिका वडा नम्बर १ कैलालीमा रहेको छ ।
प्रकाशित मितिः २०८० जेठ ३२ बिहिबार
Comments