काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य उकालो लागेको छ। आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार १५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १२ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार ४५० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार ४४५ रुपैयाँमा किनबेच भएको थियो।
प्रकाशित मितिः २०८० जेठ ३० मंगलबार
Comments