काठमाडौं । आर्थिक सर्वेक्षण २०७९-८० अनुसार नेपालमा गरिबीको रेखामुनी रहेको जनसंख्या उल्लेख्य मात्रामा घटेको छ । आइतबार अर्थमन्त्री डा. प्रकाशरण महतले संसद्मा पेस गरेको आर्थिक सर्वेक्षण अनुसार नेपालमा १५.१ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेको उल्लेख छ ।
आर्थिक वर्ष २०७५÷७६ को अन्त्यसम्म निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसंख्या १८.७ प्रतिशत थियो । अहिले सो संख्या १५.१ प्रतिशतमा झरेको जनाइएको छ ।
यस्तै, बहुआयामिक गरिबीमा रहेको जनसंख्या १७.४ प्रतिशत छ । बहुआयामिक गरिबीमा रहेको जनसंख्या सहरी क्षेत्रमा १२.३ प्रतिशत र ग्रामीण क्षेत्रमा २८ प्रतिशत छ ।
प्रकाशित मितिः २०८० जेठ १५ सोमबार
Comments