काठमाडौं । शेयर बजार परिसूचक नेप्सेमा एकल अंकको सामान्य गिरावट भएको छ । साताको चौथो कारोबार दिन बुधबार बजार परिसूचक नेप्से २.४३ अंकले वृद्धि हुँदा १८४१.९३ अंकमा बन्द भएको छ ।आज माइक्रोफाइनान्स, जलविद्युत्, उत्पादन, फाइनान्स र निर्जीवन बीमा समूहको शेयर सामान्य बढेको छ भने अरू समूहको शेयर घटेको छ ।
बजार घटेकाे दिन दुई सय ६५ वटा कम्पनीकाे १९ लाख ४२ हजार कित्ता शेयर ५८ करोड ९१ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रो पावर कम्पनीको तीन करोड ५६ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज मन्दाकिनी हाइड्रो र जालपा सामुदायिक लघुवित्तको शेयर झन्डै साढे पाँच प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि हिमाल दोलखा हाइड्रोपावर कम्पनीको शेयर झन्डै साढे आठ प्रतिशत र बाराही हाइड्रोको शेयर साढे पाँच प्रतिशतले बढेको छ ।
प्रकाशित मितिः २०८० बैशाख २७ बुधबार
Comments