काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बुधबार सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ६ रुपैयाँ पुगेको छ । मङ्गलबार प्रतितोला १ लाख ११ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज प्रतितोला ४ सय रुपैयाँले बढेको हो ।
यसैगरी चाँदीको मूल्य आज १ लाख ११ हजार ५० रुपैयाँ पुगेको छ । यसअघि तेजावी सुन प्रतितोला १ लाख १० हजार ६५० रुपैयाँमा कारोबार भएको थियो । यता, चाँदीको मूल्य आज पनि स्थिर रहेको छ । चाँदी आज प्रतितोला १ हजार ४ सय ४५ रुपैयाँमै कारोबार हुने महासङ्घले जनाएको छ ।
प्रकाशित मितिः २०८० बैशाख २७ बुधबार
Comments