काठमाडौं । नेपाल रिपब्लिक मिडियाले ३१ वैशाखदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा ३१ वैशाखदेखि १४ जेठसम्म वैदेशिक रोजगारीमा रहेको नेपालीहरुका लागि आईपीओ जारी गर्ने लागेको छ ।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई जारी पूँजी ९६ करोड ७५ लाखको ४४.९९२२ प्रतिशतले हुने ४३ करोड ५३ लाख रुपैयाँ बराबरको ४३ लाख ५३ हजार कित्ता सधारण सेयर निष्कानस गर्ने स्वीकृति दिएको थियो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकति मूल्यमा आईपीओ निष्कासन गर्ने स्वीकृति पाएको हो ।
प्रकाशित मितिः २०८० बैशाख २१ बिहिबार
Comments