काठमाडौं । आज मंगलबार नेप्से परिसूचक ४.२७ अंकले घटेको छ । आज नेप्से ४.२७ ले घटेर १ हजार ८ सय ६६ दशमलब ४० को विन्दुमा कायम भएको हो । गत आइतबार भने नेप्से परिसूचक १९.११ अंकले घटेको थियो ।
नेप्से १९.११ ले घटेर १ हजार ८ सय ७० दशमलब ६५ को विन्दुमा कायम भएको थियो । आज नेप्से घटेपनि कारोबार रकम भने उत्साहजनक देखिएको छ। आज नेप्सेमा ६९ करोड २२ लाख ७१ हजारमाथिको कारोबार भएको हो ।
आज ६८ कम्पनीको सेयर मूल्य बढेको छ भने १४४ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ७ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । नेप्से घटेपनि हिमालयन डिस्टिलेरी लिमिटेडको कारोबार अब्बल रह्यो ।
प्रकाशित मितिः २०८० बैशाख १९ मंगलबार
Comments