काठमाडौं । मेन्छियाम हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओ भोलि (बैशाख १३ गते) बाँडफाँड हुँदैछ । बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलका अनुसार आइपीओ भोलि बिहान १०ः३० बजे लैनचौर ब्यांक्वेटमा बाँडफाँड हुने छ ।
कम्पनीको आइपीओमा मागभन्दा बढी आवेदन परेको थियो । यसकारण आइपीओ गोलाप्रथाद्वारा बाँडफाँड हुनेछ । अन्तिम दिनसम्ममा १२ लाख २८ हजार २०० जनाले १ करोड ३५ लाख ७ हजार ९६० कित्ताका लागि आवेदन दिएका थिए ।
सोअनुसार गोलाप्रथाद्वारा आइपीअो बाँडफाँड गर्दा ९३ हजार ४९१ जनाले मात्र १०–१० कित्ता सेयर हात पार्नेछन् भने ५ जना भाग्यमानीले ११ कित्ता पाउनेछन् भने ११ लाख भन्दा बढीको हात खाली हुनेछ ।
प्रकाशित मितिः २०८० बैशाख १२ मंगलबार
Comments